डडेल्धुरा : सोमबार आलिताल गाउँपालिकामा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका देवर भाउजु बिच लामो समय देखि अनैतिक सम्बन्ध रहेको खुलासा भएको छ । पशुपति र गणेशको अनैतिक सम्बन्ध बारे धेरै पहिला देखिनै गाउमा गाईगुँई चले पछि उनिहरुलाई आयन्दा यस्तो सम्बन्धमा नबस्न भनी गाउका जान्ने मान्ने मान्छे बसेर छलफल गरेका थिए । छलफल अनुसार मृतक दुबैले आयन्दा हामि देवर भाउजु कुनै पनि अनैतिक सम्बन्धमा नबस्ने भनि कागज समेत गरेको स्थानीय बताउँछन् । उनिहरुको अनैतिक सम्बन्ध बारे समाजमा ब्यापक हल्ला भइसके पछि समाजिक बहिस्कार हुने डरले झुन्डिएको हुन सक्ने गाउँले बताउँछन् । पशुपतिका श्रीमान् रोजगारको शिलशिलामा भारत थिए । उनि घर आएको एक डेढ महिना जति मत्रै भएको थियो ।
सोमबार देवर भाउजु झुन्डिनु भन्दा करिब ४/५ घण्टा अगाडी बिहान ७ बजे प्रहरी चौकी आलितालमा पुगि पशुपतिका श्रीमान् रबिन बिकले श्रीमति पशुपति बिक र भाई गणेश बिकको खोज तलास गरिदिन हुन भनि प्रहरीमा निबेदन दिए । निबेदन पश्चात प्रहरीले खोज तलासको प्रक्रिया अगाडी बढायो । इलाका प्रहरी देखि जिल्ला प्रहरी हुदै देवर भाउजुको खोज तलाउको लागि फोटो सहित वरेन्टनामा काटिएको थियो । खोज तलास गरिरहेको प्रहरीलाई केहि समय पछी उनिहरु झुन्डिएको अवस्थामा रहेको खबर प्राप्त भयो ।
बाख्रा गोठाला गणेश मडैले उनिहरुलाई केहि समय अगाडी घटना घटेको ठाउँमा चाउचाउ खाइरहेको देखेको बताउछन् । म बाख्रा लिएर तल आउदा बाटोमा बसेर चाउचाउ खादै थिए । आधा एक घण्टा पछी माथि जादा एक जनालाई झुन्डिएको अवस्थामा देखे । डरले सिधै घर गए, घटना बारे घरमा भने र घर बाट प्रहरीलाई जानकरी भयो । मैंले झलक्क हेर्दा एउटै लाश देखे डर ले धेरै हेर्न सकिन, पछी पो थाहा भयो दुइ जना झुन्डिएको मडै बताउछन् ।
अहिले घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवहरुको पोस्टमार्टम हुदै गरेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी उपरीक्षक गंगा दत्त बडुले बताएका छन् ।