डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ र ३ लाई ‘पूर्ण खोप वडा’ घोषणा गरिएको छ।
मंगलबार एक कार्यक्रमकाबीच उक्त वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरिएको हो।
वडा नम्बर ५ मा रहेका दुई वर्ष मुनिका ३५ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडासचिव मेखराज जोशीले जानकारी दिए ।
त्यसै गरी वडा नं ३ मा रहेका दुई बर्ष मुनिका ३५ जना बालबालिका मध्ये ३४ जनाले सबै प्रकारको खोप लगाएको सुनिश्चिता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडा नं ३ का सचिब हरी प्रसाद जोशीले जानकारी दिनुभयो ।