डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले फलफूल खेति गर्ने कृषकलाई अनुदान दिने बताइएको छ ।
गाउँ पालिकाको कृषि बिकास शाखा आर्थिक बर्ष २०७८/०७९ बार्षिक स्विकृत फलफूल बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गर्ने भएको हो ।
कृषकले बर्षे फलफूल आप,लिचि,कागति,मौसमी जस्ता कलमि बिरुवा माग गर्न सक्ने पालिका ले जनाएको छ ।
जसका लागि इच्छुक कृषक, कृषक समूह,कृषक सहकारी, कृषक उद्यमीलाई भोलि बिहीबार २ गते सम्म नेपाली नागरिकताको प्रतिलिपि र निवेदन सहित कार्यालयमा सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ ।