डडेल्धुरा । आलिताल गाउँपालिकामा समाजिक सुरक्षा तथा ब्यक्तिगत घटना सम्बन्धि बैंक सुरक्षाकर्मी र सम्पूर्ण वडाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पालिका भित्रमा रहेका जेष्ठ नागरिकले पाउदै गरेको बृद्ध भत्ता सहजै उपलब्ध गराउने विषयमा नबिल बैंक लिमिटेड आलिताल शाखाका प्रमुख यम प्रशाद उपाध्याय संग छलफल भएको थियो । बैंक खाताबाट वितरण गर्दै आएको बृद्ध भत्तालाई वडा बाटै वितरण गर्ने बिषयमा बिषेश छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष शेर सिं पार्कीले समाजिक सुरक्षा वितरणमा सहज गरिदिन हुन बैंकसँग आग्रह गरेका समेत गरेका छन् ।
उक्त कार्यक्रमको आयोजना आलिताल गाउँपालिका अन्तरगत रहेको समाजिक सुरक्षा तथा पञ्जिकरण साखा ले आयोजना गरिएको Mis-operator शेर बहादुर देउवाले बताएका छन् ।