डडेल्धुरा । डडेल्धुराको आलितालमा ग्रामीण महिला विकास तथा एकता केन्द्र डडेल्धुराले आयोजना गरेको योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
बाढी उत्थानशीलताका लागि कोष बृद्धि तथा स्थानीय तहमा नितिगत सुधार ल्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको रुडुकले जनाएको छ । जुरिच र मर्सिकोर नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की, उपाध्यक्ष मैना रावल र सबै वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।