• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी, आलिताल गाउँपालिका बिरुद्ध ६ उजुरी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ३, २०७९
0
डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी, आलिताल गाउँपालिका बिरुद्ध ६ उजुरी

डडेल्धुरा,प्रकाश पार्की । डडेल्धुराका सात स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा ३५ उजुरी परेका हुन्।

चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियार कार्यालयमा ३५ उजुरी दर्ता भएको आयोग कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

सूचना अधिकारी बस्नेतले शुक्रबार डडेल्धुरामा आयोजित ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रद्धर्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक जिल्लास्तरीय अन्तक्रियामा सो तथ्यांक प्रस्तुत गरेका हुन्। उनका अनुसार गत आर्थिक वर्षबाट सरि आएका २४ र चालु आवमा दर्ता भएका ११ गरी जम्मा ३५ उजुरी परेका हुन्।

जसमध्ये चालु आर्थिक वर्षमा १२ वटा उजुरी फछर्यौट भइसकेको र २३ उजुरी फछर्यौट हुन बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए। तीमध्ये सबैभन्दा बढी आलिताल गाउँपालिकाका ६, अजयमेरुका ५, परशुराम, अमरगढी नगरपालिकाका र नवदुर्गा गाउँपालिकाका ३–३ तथा गन्यापधुरा गाउँपालिकाका २ र भागेश्वर गाउँपालिकाका १ उजुरी फछर्यौट हुन बाँकी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार जनप्रतिनिधि आएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उजुरी पर्ने क्रम बढिरहेको छ। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार, विकास निर्माणमा मापदण्ड विपरीत काम, कामै नभइ भुक्तानी दिएकोलगायतका जस्ता उजुरी परेका छन्।

अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति नै प्रश्न उठाएका थिए। अख्तियारले स–साना भ्रष्टाचारका उजुरीहरू मात्रै हेर्न तर ठूला भ्रष्टाचारका उजुरीमा नजर नै नलगाउने नेपाल पत्रकार महासंघका सुदूरपश्चिम समितिका कोषाध्यक्ष राम धामीले आरोप लगाए।

पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले पनि अख्तियारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले अख्तियार पनि राजनीतिक संरक्षणमा काम गर्ने गरेको आरोप लगाए। अध्यक्ष सिंहले भ्रष्टार नियन्त्रण तथा न्यूनीकरण गर्नमा मिडिया क्षेत्र सधैं अख्तियारलाई सहयोग गर्न तयार रहेको बताए।

पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्वअध्यक्ष मानबहादुर साउँदले स्थानीय तहमा तीव्र रूपमा भ्रष्टाचार मौलाएको तर आयोगले एक्सन लिन नसकेको औंल्याए।

उनले अख्तियारले सुस्त गतिमा काम गरिरहेको पनि बताए। स्थानीय तहमा भष्टाचार मौलाएकाले त्यसको नियन्त्रणमा अख्तियार चनाखो भएर लाग्नुपर्नेमा उनको जोड थियो।

अख्तियार कञ्चनपुरका प्रमुख रामबहादुर कुरूम्वाङले भने भ्रष्टाचार नियन्त्रणमा आयोग लागिपरेको दाबी गरे। उनले परेका उजुरीमाथि आयोगले गहन अनुसन्धान जारी राखेको पनि जानकारी दिए। सबै क्षेत्रको सहयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

कुन पालिकाविरुद्ध कति उजुरी ?

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग