डडेल्धुरा । डोटीको जोरायल गाउँ पालिका २ बुडरबाट आलिताल ६ को दोबाटो हुदै नाईल र कञ्चनपुरको बंक जाने सडकमा संघिय सरकारले रु. १० करोड बजेट विनियोजन भएको छ ।
राष्ट्रिय सभा सदस्य जगत पार्कीको पहलमा बजेट विनियोजन भएको बताइएको छ । माओवादी केन्द्रका डडेल्धुरा ईञ्चार्ज समेत रहेका पार्कीको घर आलिताल ७ मेलगाजा हो ।