डडेल्धुरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चर्चित केन्द्रीय नेता ओमप्रकाश पुन सहित शुदुर पश्चिमका ४ नेताले पार्टी परित्याग गरेकाछन् ।
आज बिहिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्यूरो सदस्य तथा सेति महाकाली ईञ्चार्ज, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य, किसान र सुकुम्बासी आयोगका अध्यक्ष ओमप्रकाश पुन ‘निर्माण’, सभासद, पूर्व केन्द्रीय सदस्य तथा सेति ब्युरो ईञ्चार्ज र हाल पार्टीको केन्द्रीय सल्लाहकार सदस्य संकर बहादुर खड्का (सिकन्दर), नबौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली ईञ्चार्ज दल बहादुर धामी (अग्नि) र पूर्व दार्चुला र कञ्चनपुर इञ्चार्ज हाल विशेष कमिटी सदस्य रमेश परियार (जिवन) ले आज जारी विज्ञप्तिमा पार्टी छोडेको जनाइएको छ ।
जारी विज्ञप्ति












