डडेल्धुरा । नेत्रबिक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपाका सुदूरपश्चिम कमाण्डर सहित चार जना केन्द्रीय स्तरका नेता र चार जना जिल्ला स्तरीय नेताले सो पार्टी परित्याग गरेका छन् ।
“टुटफुट र विभाजन होइन, एकतावद्ध र एकिकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन” आह्वान गर्दै सुदूरपश्चिम प्रदेस (सेती–महाकाली) इन्चार्ज, पूर्व पोलितब्युरो सदस्य तथा किसान र सुकुम्बासी सङ्गठन प्रमुख ओमप्रकाश पुन, संविधान सभा सदस्य, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शङ्करबहादुर खड्का, महाकाली ब्युरो इन्चार्ज दलबहादुर धामी र कञ्चनपुर जिल्ला इन्चार्ज रमेश धामीले बिहीबार विप्लव नेकपा परित्याग गरेका छन् ।