• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सांसद महराले राष्ट्रियसभामा उठाए रंगुन नदीमा तटबन्धदेखि अस्मिता धामीको विषय

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ९, २०७९
0
सांसद महराले राष्ट्रियसभामा उठाए रंगुन नदीमा तटबन्धदेखि अस्मिता धामीको विषय

डडेल्धुरा । राष्ट्रियसभा सदस्य महेशकुमार महराले रंगुन तटबन्धका लागि बजेट विनियोजन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार राष्ट्रियसभामा बजेट छलफलमा सहभागी हुँदै महराले रंगुन नदीमा तटबन्ध निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा नसमेटेकोमा आक्रोश व्यक्त गरेका हुन्।

‘डडेल्धुराको भित्रीमधेशमा एक रंगुन नदि छ। त्यो नदीले कटान गरेर जमिनहरू मासेको छ। मैले तटबन्धका लागि माग गरेको थिएँ,’ उनले भने,‘तर, ती योजनाहरू बजेटमा समावेश हुन सकेनन्। त्यहाँका यर्थात समस्या लिएर मैले पेश गरेको थिएँ। सबै मन्त्रालयका बजेट त्यतातिर मैले केन्द्रित भएको देखेको छैन। अध्यक्षमार्फत् म मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’

यो बजेटमा नसमेटिएपनि अन्य कुनै ठाउँबाट आफ्नो मागको सम्बोधन गर्न सकिन्छ कि सकिँदैन भन्दै राष्ट्रियसभा सदस्य महराले मन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको आरोपसमेत लगाएका छन्।

उने डडेल्धुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मितादेवी धामीको निधनबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

धामीको हत्या भएको वा बलात्कारपछि हत्या गरिएको हो भन्नेबारेमा एकवर्ष पुग्दासमेत सरकारले यस विषयमा बोल्न नसकेको बताए। यहाँ कस्तो प्रशासन र सुशासन कायम गरिँदै छ भन्दै सांसद महराले धामीको मृत्यु प्रकरणबारे गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन्।‘

‘निर्मला पन्तका त प्रमाणहरू नष्ट गरिए। तर अस्मितादेवी धामीको त प्रमाणहरू थिए। ती प्रमाणहरूको आधारमा हामी अनुसन्धान गर्न सक्छौं कि सक्दैनौं? यहाँ राज्य गम्भीर हुनुपर्छ कि पदैन?,’ उनले प्रश्न गर्दै उनले भने, ‘यहाँ राज्य गम्भीर हुनैपर्छ र राज्यले नागरिकको सुरक्षा गर्नैपर्छ।’ उनले निर्मला पन्त र अस्मितादेवी धामीको अनुसन्धानकाबारेमा गृहमन्त्रीको जवाफसमेत माग गरेका छन्।

गत वर्षको असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको केहीदिनपछि स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो। उनको अनुहारमा नीलडाम र टाउकोमा घाउ देखिएकाले हत्याको आशंका गरिएको थियो। तर, अहिलेसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग