२२असार,धनगढी । युवा संगठन नेपाल कैलालीले नेताकार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। कैलालीको टीकापुरबाट पक्राउ गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,कैलाली जिल्ला सदस्यहरू जयसिहं सुनार र पवन बिष्ट लगायतका सम्पूर्ण नेताकार्यकर्ता रिहाइको माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। युवा संगठन नेपालका कैलाली संयोजक पुष्प भट्टले सरकारले आफ्नो संगठनका उपाध्यक्ष लगायतलाई गिरफ्तार गरि झुटो मुद्धा लगाएको बताउदै अविलम्ब रिहाइ गर्न माग गरेका छन् ।
ज्ञापनपत्र पश्चात आयोजित छलफलमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भगत सिहंले आफ्नो पार्टीले गरेको सामाजिक विकृत्ति ,बेथिति र भ्रष्टाचार विरुद्ध चरणबद्ध संघर्षबाट आत्तिएको सरकारले बिनाकारण नेताकार्यकर्ता गिरफ्तार गरिरहेको बताउदै रिहाइ गर्न माग गरे। सरकार तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न उदासीन रहेको उल्लेख गर्दै राज्यको यस्तो रवैया रहे विद्रोह निम्तने चेतावनी दिए छन् ।