डडेल्धुरा : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत डडेल्धुराले भ्रष्टाचारको आरोपमा एक जना सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नं ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सर्वजित मडैलाई नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको जनाइएको छ ।
उनलाई कृते कागज गरी समुदायिक वन उपभोक्ता समिती र सब डिभिजन वन कार्यालय आलिताललाई छलेर, ढाटेर सावको खातामा रहेको २२ लाख रुपैयाँ कृते कागज गरेर भ्रष्टाचार गरेको आरोप नेकपा बहुमत डडेल्धुराले लगाएको छ ।