काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ ।
सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बाल नरसिंह राणाले बताए ।
उनका अनुसार बिहीबार सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको भन्दै काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको छ ।
नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।