डडेल्धुरा: सरस्वती माध्यमिक विद्यालय आलिताल गाउँपालिका–५, भित्रीसैनका प्रधानाध्यापक भानबहादुर सुनारले डडेल्धुराका जीवन विष्टको उपचारका लागि ११ हजार बढी सहयोग गरेका छन्।
प्रअ सुनारले मंगलबार एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवनको उपचारका लागि ११ हजार १ सय ११ रुयैयाँ सहयोग गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर भएका जीवनको उपचारका लागि सुनारले व्यक्तिगत रूपमा सहयोग गरेका हुन्।
जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्।
अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको छ। डडेल्धुरा सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।
यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली लगिएको उनकी आमा चन्द्रिका पार्की विष्ट (पुष्पा)ले बताइन्।
यसरी गर्न सकिनेछ सहयोग
भारतमा बस्नुहुने सहयोगीहरुले निम्न नम्बरहरुमा Phone pay, pay TM, Google pay वा अरु माध्यमबाट सहयोग राशी पठाउन सक्नुहुनेछ।
सुरेन्द्र बोहरा : 8130504495
श्याम महता : 7011882423
लक्ष्मण सुनार : 9911660175
नेपालमा हुने सहयोगीहरूले तलको एकाउन्टमा पठाउन सक्नेछन् :
A/c Name : Prakash Bahadur Parki
Account Number : 05320009740
Laxmi Bank, Dadeldhura
पुष्पा विष्टको भारतको नम्बर : +919911976266
इन्द्र साउँद : 9840614372
प्रकाश पार्की : 9848702274/9809462274