काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालय स्रोतका अनुसार उनलाई मंगलबार पिसिआर परीक्षण गरेकोमा कोरोना पुष्टि भएको हो ।
पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए । रुघा र ज्वरोसमेत आएपछि उनको पिसिआर गराइएको थियो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।
मुख्यमन्त्री पोखरेलमा अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।