• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमले ‘थारो भैँसी’ पालेझैँ पाल्नु परिरहेको छ : एमाले सांसद धामी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन ४, २०७९
0

काठमाडौं । नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूरपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाए पनि सुदूरपश्चिमका लागि केही नगरेको बताए । उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएकोमा बताए ।

‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविस्मरणीय योगदान के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईंले गरेका चिरस्थायी कामहरु के–के हुन् ? सुदूरपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खाली थारो भैंसी पालेझैँ ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईंलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ?’ उनले भने ।

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए । उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे ।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलव नराख्ने हो भने देखादेखि तपाईले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँको जनताप्रति गम्भीर विश्वासघात गरेको ठहर हुनेछ ।’

सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे । कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाई छ । उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए ।

सम्बन्धित Posts

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय
राजनीति

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय

पुस १०, २०८२
कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
राजनीति

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

भदौ २५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

असार २७, २०८२
नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग