डडेलधुरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति डडेलधुरा ले आलिताल गाउँपालिका भित्र पर्ने पर्यटकीय क्षेत्र आलिताल परिसरमा वृक्षारोपण सरसफाइ गरिएको अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश इन्चार्ज बबरजंग सिंहले बताए । एकीकृत जनक्रान्तिका सहिद प्रज्वल स्मृतिको उपलक्षमा मंगलबार उक्त आलिताल क्षेत्रमा वृक्षारोपण लगायत सरसफाइ गरिएको सिंहले भने ।
उनले भने,“ महान सहिद प्रज्वलको स्मृतिमा हाम्रो सुदुरपश्चिम प्रदेश समिति अन्तर्गतका सबै जिल्लाहरुमा वृक्षारोपण गरिन् लागिएको छ ।”
आजको सो कार्यक्रममा अखिल क्रान्तिकारी डडेलधुरा इन्चार्ज ललित एसके , संगठनका केन्द्रीय सदस्य शंकर खाती , संगठनकै डडेलधुरा अध्यक्ष गणेश बोहोरा लगायत अन्यको सहभागिता रहेको थियो ।