बैतडी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को वैतडी र दार्चुला जिल्लाको संयुक्त प्रशिक्षण तथा प्रथम बैठक डिलाशैनी गाँउपालिका वैतडीमा सम्पन्न भएको छ ।
सो बैठकमा सम्बोधन गर्दै केन्द्रिय आयोजक समिति सदस्य तथा वैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीले विप्लप पार्टी सारसङ्गवाद,संसदिय संशोधनवाद,निशेधात्मक अधिभूतवाद,आत्मसुरक्षावाद र जुझारु अर्थवादमा पतन भैसकेको हुदा तिनिबाट क्रान्ति सम्भव नभएको हुदा पार्टी पुनर्गठन गर्नु परेको बताउनु भयो ।
त्यसैले सबै नेता/कार्यकर्ता एकताबद्ध भएर क्रान्तिमा लाम्बद्ध भएर लाग्नु पर्ने र तब क्रान्ति सम्पन्न हुने बताउनु भयो । अर्का वक्ता केन्द्रिय आयोजक समिति सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले सम्बोधन गर्दै आगामी कार्य योजनालाई दृढतापूर्वक कार्यल्यवन गर्नु पर्ने र समाजमा रहेको विकृति विसंगति र भ्रष्टचारको विरुद्धमा भण्डाफोर गर्नु पर्ने बताउनु भयो । सो बैठकद्वारा संगठन गठन पुनर्गठनको लागि र विकृति विसंगति र भ्रष्टचारको विरुद्धमा निरन्तर अभियान संचालन गर्ने निर्णय गरेको छ ।
केन्द्रिय आयोजक समिति सदस्य तथा वैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीको प्रमुख आतिथ्यतामा भएको वैठकमा अतिथिमा अर्का केन्द्रिय आयोजक समिति सदस्य तथा दार्चुला जिल्ला प्रकाश थापा थिए भने अध्यक्षता/संचालन दार्चुला जिल्ला संयोजक विजय लेखकले गरेका थिए ।