डोटी : एकीकृत जनक्रान्तिका महान सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको डोटी बहुमुखी क्याम्पस र पद्य पब्लिक मुक्ति नारायण माविमा अखिल क्रान्तिकारी संगठन समिती डोटीको आयोजनामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त कार्यक्रममा डोटी इञ्चार्ज प्रकाश कठायत, अखिल क्रान्तिकारी डोटीका संयोजक टेकेन्द्र बोगटी लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।











