• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

विप्लवले फेरि हतियार उठाउलान् कि जेल जालान्

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १७, २०७९
0
विप्लवले फेरि हतियार उठाउलान् कि जेल जालान्

काठमाडौं । निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएपछि ओली सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्री हुने देखि तत्कालीन नेकपाको महत्वपूर्ण पदमा पुग्ने चर्चा पनि चल्यो ।

विप्लव देशव्यापी कार्यक्रममा सक्रिय भए । संगठन विस्तारमा लागे । उनले वैज्ञानिक समाजवाद र जनमतसंग्रहको मुद्दा उचाले ।

विप्लवले पूर्वमाओवादी नेताहरुसँग पनि भेटे । उनको माओवादीमा प्रवेश गरी महासचिव बन्ने चर्चा पनि चल्यो । तर, त्यो भएन । उनले प्रचण्डलाई गद्दार भन्दै आलोचना गरिरहे । वर्तमान सत्तापक्षमाथि आक्रामक बन्दै गए ।

विप्लवको दल फुट्यो । उनलाई निष्काशन गरिएको घोषणा समेत भयो । तर, उनी आफ्नो मुद्दाबाट टसमस भएनन् । एमसीसीलगायत विभिन्न विषयको विरुद्ध उत्रिए ।

पछिल्लो समय विप्लवसहित प्रकाण्ड र आधा दर्जन बढी नेताहरुविरुद्ध पक्राऊ पूर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना मुद्दामा उनीहरुमाथि पक्राऊ पूर्जी जारी भएको हो । वप्लव, प्रकाण्ड, सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउने ३५ दिनभित्र हाजिर हुनुपर्ने गरी पक्राऊ पूर्जी जारी भएको छ ।

विप्लवको दलका तर्फबाट यसलाई शान्ति सम्झौताको उल्लंघन भनिएको छ । यसो हो भने विप्लव सामु भूमिगत हुने या जेल जानेबाहेक विकल्प छैन । कि त राज्यले प्रक्रिया मिलाएर मुद्दा फिर्ता लिनुपर्ने हुन्छ । विप्लव भूमिगत हुनु भनेको उनको दलले हतियार उठाउने पनि हुनसक्छ । उनले विगतमा पनि हतियार उठाउनसक्ने संकेतहरु गर्दै आएका थिए ।

सम्बन्धित Posts

नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकहरुसँग प्रधानमन्त्री ओली असन्तुष्ट, प्रतिगामी शक्तिलाई साथ दिएको आरोप

बैशाख ८, २०८२
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
राजनीति

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै

फाल्गुन २५, २०८१
रवि लामिछानेको सांसद पद चैट
देश/राष्ट्रिय

रवि लामिछानेको सांसद पद चैट

पुस ७, २०८१
भारतको इसारामा ओली सरकार ढल्दै
राजनीति

भारतको इसारामा ओली सरकार ढल्दै

पुस १, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग