काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई कानुन बमाजिम पक्राउ गर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता राईले भने, “उहाँहरुलाई २०७५ फागुनमा नख्खुको एनसेल टावरमा विष्फोट गरेको फौजदारी अभियोगमा सम्मानित जिल्ला अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको हो ।
हामीले सम्मानित अदालतको आदेश पालना गर्नुपर्छ । हामीले त्यसलाई राजनीतिक रुपमा हेर्न मिल्दैन । अदालतबाट अर्को आदेश नआएसम्म हामीले कानुन बमोजिम गर्नु पर्ने हुन्छ” उनले बताए।