डडेल्धुरा : नेत्रविक्रम चन्द विप्लव सहित चार दलले भाद्र ७ गते मंगलबार नेपाल बन्दको घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संघर्षको शंखघोष गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै संघर्षको शंखघोष गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी बिज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको ठोकुवा गरिएको छ । साथै बिज्ञप्तिमा राज्यको यस्तो रवैयाको कडारुपले निन्दा गर्दै यथासिघ्र एमसिसि र एसपिपि, पक्राउ पुर्जी र झुठ्ठा मुद्दाको खारेजी,संपूर्ण बन्दीको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गरिएको छ ।
संयुक्त दलद्वारा घोषित संघर्षका कार्यक्रम अन्तर्गत भाद्र १ गते देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते बिरोध सभा, काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।
चार दलद्वारा जारी विज्ञप्ति