डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउदको नाम प्रदेशसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डडेल्धुराको प्रदेश क बाट उम्मेदवार बन्नका लागि सभापति साउदको नाम सर्वसम्मत सिफारिस भएको हो।
बिहीबार बसेको क्षेत्रिय समितिको बैठकले साउदको नाम सर्वसम्मत जिल्ला समितिलाई सिफारिस गरेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।