डडेल्धुरा। जिल्लाको आलिताल गाउँपालिकाले संविधान दिवस मनाएको छ । आज सोमबार अपराह्न एक कार्यक्रमको आयोजना गर्दै ८ औं संविधान दिवस मनाएको छ ।
आलिताल गाउँपालिकाका अध्यक्ष सेर सिं पार्की, वडा नं ८ का अध्यक्ष धनबहादुर देउवा, नेकपा एमाले आलिताल गाउँपालिकाका इञ्चार्ज प्रकाश बोहरा, पालिका प्रमूख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्ना, आलिताल गाउँपालिकाका कर्मचारी र स्थानीय बासीहरुको उपस्थितिमा दीप प्रज्वलन गर्दै संविधान दिवस मनाइएको हो ।
सो अवसरमा पालिका अध्यक्ष पार्कीले ८ औं संविधान दिवसको अवसरमा सम्पूर्ण पालिका बासीहरुमा शुभकामना समेत व्यक्त गरेका छन्।