डडेल्धुरा। डडेल्धुराको आलिताल गाँउपालिकाको उणिकोट माविमा प्रविणता तहको अध्यापन सुरु भएको छ ।
पालिकाको वडा नं २ का अध्यक्ष तथा उणिकोट माविका अध्यक्ष प्रमोद मल्लको लामो समय देखिको पहलले विद्यालयले उच्च शिक्षा अध्यापन गराउने भएको हो ।
२०१६ सालमा स्थापना भएको उणीकोट मा .बि.का विद्यार्थिहरु एस.ईई. पश्चात उच्च शिक्षाको लागी गाउँ बाहिर अन्यन्त्र धाउनु पर्ने स्थिति रहेको थियो । यस आर्थिक बर्ष बाट उणीकोट मै प्लस टु संचालनमा आए पश्चात यस क्षेत्रका विद्यार्थि लाई धेरै राहत मिलेको स्थानीय बताउँछन् ।
जम्मा २४६ विद्यार्थि संख्या रहेको उक्त विद्यालयमा अध्यापनको पहिलो बर्ष ११ कक्षाको लागि २० जना विद्यार्थिले शिक्षा संकायमा भर्ना गरेका छन् ।
अध्यापन गरेकै पहिलो बर्ष विद्यार्थिहरुको उत्साहजनक भर्नाले विद्यालय व्यवस्थापन समिति र स्थानीय बासिहरु उत्साहित भएका छन् ।
अहिले शिक्षा शंकाय तर्फ नेपाली र श्वास्थ्य बिषयमा पढाई भईरहेको साथै आगामी दिनमा आवश्यकता अनुसार थप गर्दै लैजाने अध्यक्ष मल्लले जानकारी दिनुभयो । यस पूर्व परिवारिक आर्थिक अवस्था राम्रो भएका विद्यार्थीहरु धनगढी महेन्द्रनगर र डडेल्धुराको सदरमुकाम सम्म गएर उच्च शिक्षा लिए पनी आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरु पढाईबाट बन्चित भैरहेको अवस्था थियो भने अव उणीकोट मै कक्षा १२ सम्म पढाई सञ्चालन हुने भएपछि कोहि पनि पढ्नबाट बञ्चित नहुने दाबि मल्लले गरे ।
यस क्षेत्रमा उच्च शिक्षाको अभावमा धेरै विद्यार्थिहरु वाहिर जाने गरेको र हालको विद्यालय व्यवस्थापन समिति को राम्रो पहल र शुभचिन्तकहरुको सहयोगले उच्च मा.वी.को कक्षा संञ्चालन भएकोले आफनो क्षेत्रमा प्लस टु संञ्चालन गर्ने सपना पुरा भएकोमा सबै सहयोगी लाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक मदन सिँ साउदले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।