डडेल्धुरा। जिल्ला प्रहरी कार्यालय द्वारा भदौ महिनाको उत्कृष्ट प्रहरी बाट प्रहरी सहायक निरीक्षक(असई) भिम राज भट्ट पुरस्कृत भएका छन । प्रहरी चौकी आलितालमा कार्यरत भट्ट लाई ‘बेष्ट पुलिस अफ द मन्थ २०७९’ द्वारा पुरस्कृत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम संचालन, अवैध मदिरा नियन्त्रण तथा बिभिन्न मितिमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएकाले प्रहरी सहायक निरीक्षक भट्ट लाई पुरस्कृत गरिएको हो ।
आम नागरिकहरु लाई प्रहरी प्रतिको जनबिश्वास अभिवृद्धि गर्न, समाजमा शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्न तथा सामाजिक अपराध नियन्त्रणमा ईमान्दारीपुर्वक खटिने कर्मचारीहरु पुरस्कृत तथा सम्मानित हुदै आएका छन ।