डडेल्धुरा । कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिजुली छैन । आईतबार बेलुकी ६:०० बजेको समयमा गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरंजन शाहले जानकारी दिनुभयो ।
टावर भत्किए पछि वैकल्पिक उपायको काम भइरहेको उहाँले बताउनु भयो । पोल गाड्ने र पुरानो लाईनबाट बिद्युत प्रवाह गर्ने काम भइरहेको उहाँले बताउनु भयो ।
पुरानो लाईनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उहाँले बताउनु भयो । मौसम बदली र हल्का बर्षाले काम गर्न समस्या भइरहेको छ । उहाँले भन्नुभयो, आज बेलुकी सम्म बत्ती बल्ने प्रयास गरिरहेका छौ।
पुस्कर भण्डारीले गोरखापत्रको लागी समाचार लेखेका छन् ।