डडेल्धुरा। डडेल्धुराको प्रदेशसभा १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर बोहरा ‘धिरज’ले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन्। बुधबार निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको हो।
सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महेश धामीले ‘पानीको धारा’ चुनाव चिह्न पाएका छन्। उनलाई निर्वाचन आयोगले चुनाव चिह्न ‘पानिको धारा’ दिएको छ। परशुराम नगरपालिकाका-४ गोजाका उनि मंसिर ४ मा हुने आम निर्वाचनमा शुदुर पश्चिमको डडेल्धुराबाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्रबाट उमेदवारी दिएका छन्।
डडेल्धुरा ‘क’ बाट चुनाबी मैदानमा रहेका धामी पेसाले इन्जिनियर हुन् ।
यस्तै, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिह्न ‘सिरिञ्ज’ पाएका छन्।
बुधबार आयोगले निर्वाचन चिह्न प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात् सुई चिह्न पाएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। गुल्मीका ढकाल चुनाव लड्नकै लागि डडेल्धुरा आएका हुन्।