डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुश गरिएको छ ।
यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।