डडेल्धुरा। डोटीमा एकै घरका ३ जनाको भुकम्पले घर भत्किदा मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका- ३ (ठाडा गाउँ) का पदम बहादुर बोहराको भुकम्पले घर भत्किदा उनकी दुई छोरी र श्रीमती मृत्यु भएको पूर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपति देबी खड्काले जानकारी दिनुभयो।
उहाँ (पदम बोहरा) घाइते हुनुभएको छ, भुकम्पले घर भत्किदा उनकी श्रिमति र दुई छोरी को मृत्यु भइसकेको छ । हामिले नेपाली सेना र एम्बुलेन्स सहित उद्दार टोली घटना स्थल सम्म पठाई सकेका छौ’ खड्काले हामीलाई बताइन् ।
यसै गरि वडा नं ५ मा तिन घर र वडा नं २ मा एक घर भुकम्पले भत्किएको जानकरीमा आएको बताईन्।
अन्य ठाउँमा भौतिक तथा मानविय क्षेतिको हुन सक्ने भएकाले हामिले थप बुझिरहेका छौ, तर अहिले थप क्षेतिको बारे जानकारी नआएको उहाँले ई-नयाँ बिचार डटकमलाई जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान २:१२ मा भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुश गरिएको छ ।
यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।