डडेल्धुरा।
डडेल्धुराको आलिताल गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ।
आज मंगलबार एक कार्यक्रमबीच जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । पालिकाको वडा नं ३ को कार्यालयले ६८ बर्ष उमेरका २५ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कम्मल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए। विशिष्ट अथितिमा पालिका उपाध्यक्ष सहित उपस्थित रहेको उक्त कार्यक्रममा वडा नं ३ का अध्यक्ष बल बहादुर बुढाले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए।
आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए।