डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशी बडायरले जोगबुढा अस्पताल अनुगमन गरेका छन् । अनुगमनसंगै अस्पतालमा भर्ना भएका बिरामीलाई भेटघाट र बिरामीको अवस्था बारे सोधपुछ समेत गरेका छन्।
अनुगमनका क्रममा उनले अस्पतालले दिइरहेको सेवा सुविधा बारे बिरामीसंग बुझेका थिए। सो क्रममा बिरामीका आफन्तबाट अस्पताको सेवा सञ्चालमा कही गुनासो समेत आएको र उक्त गुनासो सम्बोधन गर्दै अस्पतालले दिइरहेको सेवा सुविधमा थप सुधार ल्याउन र जनमुखी सेवा प्रवाह गर्न नगरप्रमुख जोशीले अस्पताल प्रशासनलाई निर्देशन दिएको वडा नं ६ का अध्यक्ष खगेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो।