काभ्रे।
काभ्रेको महाभारत गाउँपालिका–७ स्थित गोकुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका छन । घाइतेमध्येका ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डीएसपी) ढुण्डीराज न्यौपानेले बताए ।
बनेपाबाट महाभारत जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको छ । बसमा चालकसहित २५ जना सवार थिए । घाइतेहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । घाइते हुनेहरूमा खानीखोला घर भएकी विमला माझी, महाभारत–८ घर भएकी बिन्दा आले मगर,महाभारत–६ का रोहन पुलामी, १ वर्षीय बालक डम्बर बहादुर राना, ६ वर्षीया पञ्चमाया माझी लगायत छन् ।