
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। शुक्रवार दिउँसो प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसँगै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि छ।
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा महाशाखाको अनुमान छ।












