दार्चुला: लेकम गाउँपालिका–५ मा माटोमा ढिस्कोमा पुरिएर दुई जना महिला घाइते भएका छन् । माटो खस्ने क्रममा शनिबार दिउँसो माटोको ढिस्कोले पुरिएर एक महिला भने गम्भीर घाइते भएकी छन् ।
लेकम गाउँपालिका–५ मैखोली अम्कुरका ईश्वरी जोशी र माहाना जोशी घाइते भएका लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।
दुइवटै जनालाई तत्काल स्थानीयले उद्धार गरी घाइतेमध्ये ईश्वरीलाई एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले जानकारी दिए । माहानाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।