• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

खगराज भट्ट संसदीय दलको नेता चयनसंगै मुख्यमन्त्री हुने बाटो खुल्यो

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १७, २०७९
0
खगराज भट्ट संसदीय दलको नेता चयनसंगै मुख्यमन्त्री हुने बाटो खुल्यो

डडेल्धुरा : डडेल्धुराको प्रदेशसभा (१) बाट निर्वाचित खगराज भट्ट नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको बैठकले प्रदेश इञ्चार्जसमेत रहेका भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए ।

“प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरुको बैठकले भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेका छौं,” प्रदेश अध्यक्ष चौधरीले भने । शनिबार पनि नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्न बैठक गरेको थियो । तर, नेता चयनका लागि संसदीय दलको कार्यालयमा बैठक बसे पनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको थियो ।

संसदीय दलको नेतामा भट्टसंगै प्रदेशसभा सदस्य ओमविक्रम भाट (सरल)ले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो ।

भट्ट नेता चयन भएसंगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ । उनलाई यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रुपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा एमाले नेतृत्वको गठबन्धन रहेको छ ।

भागबन्डा गर्दा सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वकै सरकार छ । प्रदेशमा ५ वर्षको अवधिमा मन्त्री पटकपटक फेरिए पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्ट भने अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग