काठमाण्डौँ । झापामा जंगली हाती द्धिरेर घरैमा गएराति आक्रमण गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाईते भएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।
गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।
हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् ।
त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।
स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो।