युगौं युग सम्म
उ त्यो डाँडा पारी चम्मकेको घाम जस्तै
युगौं युगको कथा छ त्यहा
मान्छेले मान्छेलाई बिभेद गर्छन त्यहाँ
हो यसको अन्त्यको लागि
बर्षौ सम्म लड्नु छ यहाँ
जनताले जनतालाई जगाउनु छ यहाँ
युग बदल्नु छ यहाँ
हो उ त्यो डाँडा पारीको चम्केको घाम जस्तै
स्वास्थ्य शिक्षामा अन्याय छ यहाँ
मानव-मानव बिचमा छुवाछुत छ यहाँ
खान बस्न हिड्नमा पनि अन्याय छ यहाँ
त्येसैले त हामी भन्छौं
उ त्यो डाडा पारी चम्केको घाम जस्तै
बस्ति बसल्नु छ यहाँ
अन्तिम लडाई लड्नु छ यहाँ
हो उ त्यो डाँडा पारीको चम्केको घाम जस्तै
आहा कति राम्रो हरियाली
मानवै मानवको बस्ति
कतै छैन बिभेदको गन्ध
चकमन्न चम्केको घाम जस्तै
समानताको संसार बसाल्नु छ यहाँ
केही छैन विभेद त्यहा
हो तेही हो हामीले चाहेको बस्ती
हो उ त्यो डाडा पारी चम्केको घाम जस्तै
सबै बराबरी गर्छन
बाडी चुडी बराबरी खान्छन
हुदैन कोही बेसाहारा दु:खी
न त धनी न त गरीव
सबै मनाव छन बराबरी
हो तेही बस्ति हो हामीले चाहेको बस्ति
हो तेसैले
अन्तिम युद्ध लड्नु छ यहाँ
यस कविताका लेखक नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) डडेल्धुराका जिल्ला इञ्चार्ज तपेन्द्र तिमल्सिना ‘संघर्ष’ हुन् ।