
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले काम नगर्ने ठेकेदारहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
ठेक्का सम्झौता भएका तर काम सुरु नगरेका निर्माण कार्य अलपत्र पार्ने ठेकेदार कम्पनीलाई पालिकाले कारबाही गर्ने जनाएको छ ।
आलिताल गाउँपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का पाएको जे.भि. पार्नटर श्री पन्त कन्ट्रक्सन कम्पनी प्रा.लि. झलारी कञ्चनपुर र श्री वाई आर कन्ट्रक्सन कम्पनी प्रा.लि. भिमदत्त नगरपालिका-१५ कञ्चनपुरले भवन निर्माणमा कुनै तदारुकता नदेखाएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन पालिकाले एक सुचना जारी गरेको छ ।
निर्माण कार्य सुरु गर्न पटक-पटक निर्माण कम्पनीलाई लिखित तथा मौखिक जानकारी गराउदा पनि सम्झौता बमोजिम काम नगरेको बताइएको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को ११३(६) बमोजिम खरिद सम्झौता अन्त्य गरिने भएकाले खरिद सम्झौता अन्त्य नगर्नु पर्ने कुनै मनासिव कारण भए सुचना प्रकाशन भएको सात दिन भित्र आलिताल गाउँपालिकाको कार्यालयमा निर्माण कम्पनीलाई प्रमाण सहित उपस्थित हुन सुचनामा उल्लेख गरिएको छ ।
आलिताल गाउँपालिकाबाट जारी गरिएको सुचना: