डडेल्धुरा : डडेल्धुराको आलितालमा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा स्थलगत अनुसन्धान गरिरहेको छ । हत्या गरेको आशंकामा मृतककी आमा र सौतेली आमा प्रहरि नियन्त्रणमा रहेको बडुले जानकारी दिएका छन् ।
बालक पुष १२ गते देखी बेपत्ता रहेका थिए ।
उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।