• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

स्थानीय भन्छन्- मृतक बालककी आमाको अपराध बाध्यकारी छ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ ४, २०७९
0
स्थानीय भन्छन्- मृतककी आमाको अपराध बाध्यकारी छ

डडेल्धुरा : डडेल्धुरामा आफ्नै नाबालक छोराको हत्या आरोपमा प्रहरी नियन्त्रणमामा रहेकी मृतक बालक भरत बोहराकी आमा कलमति बोहराले गरेको
अपराध बाध्यकारी रहेको स्थानीय बताउँछन्। उनलाई उनकी सौता जानकी बोहरा र उनका श्रीमान गजेन्द्र बोहराले बर्षौ देखि चरम यातना दिने गरेको बताइन्छ। श्रिमान र सौताले दिएको यातना सहन नसकेर ४/५ बर्ष माइतीघर समेत बसेकी थिइन् कलमती। उनका श्रीमानकी कान्छी श्रीमती जानकीले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेकी थिइन्।
जानकीले कलमतिमाथि घरेलु हतियार र लठ्ठीले प्रहार गरेका घाउ अझै उनको शरिरमा देख्न सकिन्छ।

मृतक बालक भरत बोहराकी आमा कलमति बोहराको शरिरमा रहेको घाउ चोट

कान्छीले जेठिलाई कुट्ने र छोरा पनि कुट्न लगाउँथिन्। उता रोजगारको सिलसिलामा भारत रहेका उनका श्रीमान गजेन्द्रले‌पनि “म घरमा आउदा सम्म तेरो छोरा नमारे तलाई मार्ने” भन्दै जेठि श्रीमतिलाई धम्काउँने गर्थे। सोही अनुरूप कलमतीले उनिहरुले सहन नसक्ने यातना दिए पछी बालकलाई कुट्ने गरेको बयान समेत दिएकी छिन्।

मृतकका बुबा गजेन्द्रले भारतबाट कान्छी श्रीमतीलाई फोन गरेर बालकलाई कुटपिट गर्न सिकाउने गरेका थिए। उनले सुझाए अनुसार बालकलाई सिस्नो पानी र लठ्ठीले कुट्ने गरेको प्रहरी समक्ष जेठिले बयान दिएकी छिन्। पौष १२ गते साँझ दुवै सौता मिलि बालकलाई सिस्नो पानि र उखुको लठ्ठीले कुटपिट गरे पछी बालकलाई घरको एक कोठामा अचेत अवस्थामा छोडे। राति १२ बजे बालकलाई हेर्दा जिउँदो नरहेको जस्तो लागे पछी दुबै मिली घर देखी १०० मिटर टाढा खाल्टोमा पुरेको बयानमा बताइएको छ।

गत पौष १२ गते घरबाट हराएको भनिएका ८ बर्षे बालक भरत बोहरा माघ १ गते हत्या गरि खाल्टोमा पुरिएको अवस्थामा फेला परेका थिए।

आलिताल गाउँपालिका -८ डाँडा खर्क घर भएका बालक हराएको भनि पौष २७ गते मात्रै प्रहरी समक्ष जानकारी आएको आलिताल प्रहरी चौकी बताउँछ। उनलाई प्रहरीले ब्यापक खोज तलास र अनुसन्धान गरेको थियो। सो क्रममा स्थानीय र मृतक बालककी आमा र सौतेनी आमासंग पटक-पटक बयान समेत लिएको थियो। स्थानीयले बालकलाई पहिला पनि कुटपिट सहित चरम यातना दिने गरेको प्रहरी समक्ष बयान दिए । परिवारले बालकलाई कुटपिट गर्ने गरेको बारे प्रहरी ३/४ महिना अगावै जानकार थियो। घटना बारे प्रहरी चौकी आलितालमा समान्य छलफल समेत भएको स्थानिय बताउछन् । गाउँलेले बालकलाई प्रहरीको जिम्मा लगाउदा पनि प्रहरीले जिम्मा नलिएको आरोप लगाएका छन्।

मृतक बालकका शरीर भरि कुटपिटका घाउ सहितको तस्बिर ३ महिना अगाडी समाजिक सञ्जालमा भाइरल समेत भएको थियो। यो बिषयमा प्रहरीले चासो नदिएको जस्तो पनि देखिन्छ। प्रहरी भने बालक‌ कुटपिट बारे लिखित निबेदन नआए पछी कारबाहीको प्रक्रिया अगाडी बढाउन नसकिएको जनाएको छ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग