डडेल्धुरा। धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) डडेल्धुराले हत्या गरेर खाल्टोमा गाडिएको अवस्थामा फेला परेका बालक भरत बोहरा हत्याका दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै बोहराका हत्यारालाई कारबाहीको माग गरेको हो ।
आलिताल ८ डाँडा खर्क पल्लेकुडीका ८ बर्षिया बालक भरत बोहराको माघ १ गते हत्या गरि खाल्टोमा गाडिएको अवस्थामा शव फेला परेको थियो। उनको हत्या आरोपमा आमा कलमति बोहरा र सौतेनी आमा जानकी बोहरालाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
उक्त हत्या काण्डमा बालक भरतका बुवाको पनि संलग्नता रहेको स्थानिय बताउदै आएका छन
नेकपा (बहुमत) द्वारा जारी विज्ञप्ती












