- डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले नदिजन्य पदार्थमा राजस्व संकलन गर्ने भएको छ।
पालिका हाता भित्र रहेको रंगुन नदी, सुनखोला लगायतका अन्य स-साना खोला बाट उत्खनन् गरिदै आएको बालुवा, गिट्टी र ढुंगामा अब पालिका सरकारले राजस्व उठाउने छ।
सुदुरपश्चिम सरकारको आर्थिक ऐन २०७९/०८० मा भएको ब्यवस्था बमोजिम पालिकाले प्रति घनमिटरको रु एक सय छ रुपैयाँ बराबरको राजस्व संकलन गर्न पाउने छ।
यसले पालिकाको आन्तरिक राजस्वमा बृद्धि हुने आपेक्ष लिइएको छ।
पटक-पटक गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननको लागि टेण्डर आह्वान गरेता पनि कुनै पनि ठेकेदार कम्पनीबाट टेण्डर प्रस्ताव नआए पछी पालिकाले आफै रोयल्टी संकलन गर्ने भएको हो ।
नदिजन्य पदार्थमा हाल सम्म कुनै पनि शुल्क लाग्ने गरेको थिएन जस्ले गर्दा पालिकालाई करौडौ को नोक्सान हुदै आएको थियो।
पालिकाले जारी गरेको सूचना