डडेल्धुरा : मालिक भएर होइन, जनताको नोकर बनेर नागरिकको सेवा गर्छु।
डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले आफु जनताको मालिक नभएर नोकर भएको बताउनु भयो।
पालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भने’ कर्मचारी भन्दा १० मिनेट पहिला र साझ ५ बजे सम्म कार्यालयमा बसेको हुन्छ। किनभने जनताका गुनासा त्यहाँ आउछन् । अध्यक्ष बन्ने डडेल्धुरा र धनगढी बस्ने होइन। कामले मात्र जाने हो त्या । निर्वाचित भइसके पछि हाम्रो व्यक्तिगत स्वार्थ केही पनि हुनु हुदैन, व्यक्तिगत स्वार्थ हुने मान्छेले यसमा आउने होइन। स्वार्थ हुने मान्छेले कारखाना खोल्ने जागिर गर्ने एउटा सानो-सानो उद्योग खोले भइ हाल्छ नि ! यहाँ त सेवा गर्न आउने हो।’
हामी जनताका नोकर हौ उनले जोडे ‘ म तपाइहरुको सेबक हु, हामी तपाईंहरु भन्दा ठुलो कहिल्यै पल्टीदैनौ । हामिले तपाईहरुका मागलाई सही ढंगले सम्बोधन गर्न सक्नु पर्छ त्यसकारण संबिधानले जनप्रतिनिधिलाई पाँच वर्षको समय तोकेको हो । त्यो पाँच बर्षमा मैले तपाईहरुको, जनताको पक्षमा, कृषिको पक्षमा काम गर्न सँकिन भने म फेल भए भने जनताको अगाडी आत्मसमर्पण गरेर बाहिर जानु पर्छ। जहाँ तपाईले जिताएर पुर्याउनु भयो यो ड्युटी गर भनेर पुर्याउनु भएको हो । मैले हरेक समय कार्यालयमा बस्नै पर्छ। मैले जनताका गुनासा सुन्नै पर्छ। हामीले गलत गरे भने जनतालाई हाम्रो कान समात्ने अधिकार छ। त्यसैले आफु जनता प्रति उत्तरदायी हुने र हरेक नागरिकका गुनासालाई सम्बोधन गर्दै काम गर्ने बताउनुभयो।