डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं १ का अध्यक्ष योगेन्द्र देउवाले कृषकका समस्यालाई सम्बोधन गर्दै काम गर्ने बताएका छन्।आ
लिताल गाउँपालिकाले आयोजना गरेको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण विषयक ८ दिने तालिम समापन समारोहमा देउवाले यसो भनेका हुन्।
उक्त तालिममा अधिकांस सहभागीले उत्पादन गर्ने उत्पादक र बजारीकरण गर्ने बिचौलिया कारण मेहेनत गर्ने किसान तथा उत्पादकहरुले सोचे अनुरुपको फाईदा दिन नसकेको गुनासो गरेका थिए ।
सहभागीहरुको गुनासोलाई सम्बोधन गर्दै कृषकले उत्पादन गरेका चिज बस्तुलाई सिधै वडा कार्यालयले बजारीकरण गर्ने बताएका छन्। बिचौलियाले गर्दा कृषकलाई घाटा भइरहेको प्रति देउवाले दुख व्यक्त गरे।
उनले अब वडा कार्यालयले नै कृषकका उत्पादनलाई संकलन केन्द्र स्थापना गरी बजारीकरण गर्ने बताएका हुन्।