डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले लघुबित्त संस्थाहरुलाई कर्जा प्रबाहमा रोक लगाएको छ।
बुधबार पालिकाले पत्र काट्दै पालिका भित्र रहेका वित्तिय संस्थाहरुलाई कर्जा प्रवाह बन्द गर्न भनिएको छ।
मनोमानि ढंगले चर्को ब्याज असुलि गरिरहेको बित्तिय संस्थाले गरेको लगानिको ठाउ एकिन नभएको र उदेश्य बिपरित लगानी गरेको भेटिएको छ। बित्तिय संस्थाले गरेको संस्थाको लगानीको क्षेत्रगत लाभग्राहीहरुको बिबरण सहित ७ दिन भित्र पालिकाको कार्यालयमा उपस्थित हुन र सो अवधिसम्म कर्जा प्रवाह बन्द गर्न पत्रमा उल्लेख गरिएको छ।
आलिताल गाउँपालिकाद्वारा लघुबित्तलाई काटेको पत्र