डडेल्धुरा। डडेल्धुराको आलितालमा चौंथो अध्यक्ष कप खुला भलिवल प्रतियोगिता बुधबार (२५गते) देखी हुने भएको छ।
अध्यक्ष कप बिजेतालाई साठी हजार, उपविजेतालाई ५० र ४० हजार नगर पुरस्कार प्रदान गरिने छ। उक्त भलिवल प्रतियोगितामा पालिका भित्र रहेका बिभिन्न संघ/संस्था विद्यालयहरुले सहभागी हुन पाउनेछन्।
भलिवल प्रतियोगिता माघ २५ गते देखि २७ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ।
आलिताल गाउँपालिकाको सुचना