डडेल्धुरा। डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्डको अन्तिम तयारी भइसकेको छ।
राष्ट्रपति रनिङ सिल्ड व्यवस्थापनको जिम्मा पाएको दुर्गा माविले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
विद्यालयका शिक्षक मान बहादुर रावतका अनुसार खेलकुद प्रतियोगिता निर्देशिका बमोजिम आलिताल गाउँपालिकाले समिति गठन गरेको र सोही अनुसार फिल्ड व्यवस्थापन देखि लिएर हामिले बिद्यार्थीको सहयोगबाट मञ्च निर्माण देखि स्वयमसेवक ब्यवस्थापन समेत गरेको उहाले बताउनु भयो।
विद्यालयमा समान्यतया क्रियाकलाप सञ्चालन गर्न शिक्षकको आवस्यकता हुने भएकाले हामि शिक्षकले उहाँ विद्यार्थीहरुसंगै उभ्भिएर काम गरेका थियौं। बिद्यार्थीहरुको लेजर प्रियड खालि समय लिएर हामिले मञ्च समेत निर्माण गरेको रावतका बताउनु भयो।
आलितालको दुर्गा मावि यस अगि पनि पालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुदै आएको ।