डडेल्धुरा: डडेल्धुरामा लालपुर्जा वितरण सुरु गरिएको छ। जिल्लामा पहिलोपटक आलिताल गाउँपालिकाबाट लालपुर्जा वितरण थालिएको हो।
बुधबार आलिताल गाउँपालिका-८ बाट लालपुर्जा वितरण सुरु गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार २१ परिवार सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो।
आलिताल गाउँपालिकाका १९ सय भूमिहीन र अव्यवस्थित बसोबास भएका घरपरिवारले आयोगमा निवेदन दिएको उनले बताए। ‘२०५२ यता पहिलोपटक हामीले आलितालबाट लालपुर्जा वितरण गर्न थालेका छौँ। आलितालका वडा नम्बर ४ र ५ नापी गरिसकेका छौँ, उनले भने, ‘उहाँहरूलाई पनि लालपुर्जा वितरण गर्छौं’
कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल, वडाध्यक्ष धनबहादुर देउवालगायतको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो।
