• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

नेपाल टी-२० लिगको स्पट फिक्सिङमा सिआइबीले १२ जनालाई बनायो प्रतिवादी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन ३, २०७९
0
नेपाल टी-२० लिगको स्पट फिक्सिङमा सिआइबीले १२ जनालाई बनायो प्रतिवादी

Shivam Cement

काठमाडौं: नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरेको छ। स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएको सिआइबीका प्रवक्ता एसपी  थापाले जानकारी दिए।

सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।

प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो।  स्पट फिक्सिङमा जतिनलाई नै मुख्य अभियुक्त बनाएको एसपी थापाले बताए।

नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो। यसको मुख्य प्रायोजक पनि बेटिङ कम्पनी वान एक्स बेटबाट सञ्चालन हुने वान एक्स ब्याट थियो। जसले गर्दा पनि लिगमा बेटिङ र स्पट फिक्सिङ भएको शंका भएको थियो।

सिआइबीले लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्।

गुप्ताले आरिफ शेखलाई फिक्सिङको प्रस्ताव गरेका थिए। शेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट ‌संघ (क्यान)लाई खबर गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्। उनी पोखरा एभेन्जर्सबाट खेलेका थिए।

यता पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको अनुसन्धानबाट खुलेको थियो। प्रस्तावअनुसार नै आदिलले दुई वटा खेलमै स्पट फिक्सिङ गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले बताएको थियो।

उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो बल फालेका थिए। त्यस्तै फेरि अर्को बल उनले वाइड फालेको उक्त खेलको भिडिओमा देखिएको छ।

पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो बल फालेका थिए।

त्‍यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड बल फालेका थिए। पूर्वखेलाडी रहेका मेहबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।

पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको हो। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।

सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रतिवादीलाई सजायको मागदाबी गरेको छ।

‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन,’ उक्त ऐनको दफा ३१ मा उल्लेख छ।

त्यस्तै खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। यसमा कुनै रकम लेनदेन भएको भएमा जफतसमेत गर्ने कानुनी व्‍यवस्था छ।

यस्तै ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।

सम्बन्धित Posts

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
खेलकुद

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

कार्तिक १, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २२, २०८२
पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
खेलकुद

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

जेष्ठ २१, २०८२
अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी
खेलकुद

अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी

माघ २७, २०८१
सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक
खेलकुद

सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक

पुस ६, २०८१
एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी
खेलकुद

एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी

पुस ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग